• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सनुको मूल्य एक दिनमै एक हजार २ सयले बढ्यो

Fm Radio Link

काठमाडौं, सुनको मूल्य प्रतितोला ७१ हजार ५ सय पुगेको छ । पछिल्लो केहि समयदेखि उकालो लागेको छापावाल सुनको मूल्य आज प्रति तोला १ हजार २ सय रुपैयाँले बढेर ७१ हजार ५ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तेजावी सुनको मूल्य पनि प्रतितोला ७१ हजार २ सय कायम भएको छ । आजका लागि तोकिएको सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको जनाइएको छ । यसअघि साउन २८ गते छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार पुगेको थियो ।

 

चाँदी पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर ८ सय ४० रुपैयाँ पुगेको छ । अमेरिका चिन व्यापार युद्ध र अमेरिकी केन्द्रीय बैंकको ब्याजदर घटाउने निर्णयले सुनको बजारलाई प्रभावित बनाएको व्यवसायीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस