• २०८१ बैशाख ४ मंगलबार / Tuesday, April 16

पानी नपरेपछी किसान समस्यामा,उत्पादन घट्ने चिन्ता 

Fm Radio Link

धनगढी, ढिलो गरी रोपाई सम्पन्न गरेका सुदूरपश्चिम प्रदेशका किसान सिँचाई गर्ने बेलामा पनि पानी नपरेपछी मर्कामा परेका छन् । आकासेपानीको भरमा रहेका उनीहरू भदौ लाग्न लाग्दा पनि सिँचाई गर्न नपाएपछी उत्पादन घट्ने चिन्तामा छन् । सिँचाई अभावमा धानवालीमा घाँस उम्रेको र किराको प्रकोप देखिन थालेको किसानहरूको गुनासो छ । किसानका समस्या प्रति सरकार गम्भीर नबनेको उनीहरूको आरोप छ ।


लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा रोपाइ गरेका सुदूरपीश्चमका किसानलाई यती बेला लगाएको बाली जोगाउनै धौ धौ परेको छ । पर्याप्त वर्षा नहुँदा खेतबारीमा रोपिएको धान फस्टाउन नसकेको किसानहरूको दुखेसो छ  । 


सिँचाई गर्ने बेला हुँदा पनि आकाशबाट पानी नपरेपछी धानवारिमा घाँस उम्रिन थालेको धनगढी उप महानगरपालिका ७ पटेलाकी स्थानीय फिरुदेवी चौधरीले गुनासो गरिन् । भरखरै रोपेको धानमा किराहरू देखा परेको उहाँको दुखेसो छ । उनले भनिन् समयमै पानी नपरेपछी ढिलो गरी रोपाई सम्पन्न ग¥यौ तर अहिले सिँचाइ गर्ने बेला सम्म पनि पानी परेको छैन, हामी किसान समस्यामा छौ ।


समयै सिँचाई गर्न नपाउँदा यस वर्ष उब्जनी घट्ने चिन्ताले सताएका धनगढीका अर्का किसान बाबुराम चौधरीको गुनासो छ ।एकातिर किसानलाई पानी नपरेपछी सास्ती छ भने अर्को तिर आवश्यक मल नपाएको दुखेसो उनको छ । उनले भने झन् पसाउनै लागेको बालीमा रोगको प्रकोप देखिए पछि हैरानी बढेको छ । 


अर्का किसान कुमार थापाले  पानी नपरेर अहिले किसानले निकै ठुलो सास्ती भोग्नुपरेको बताए । उनले भने आकाशेभरमा खेती गर्नु नेपाली किसानको बाध्यता नै हो । आफूहरूका  समस्यालाई राज्यले गम्भीर रूपमा नलिएको उनको भनाई छ  । समयमै मल बिउ र सिचाईको माग किसानहरूले गरेका छन् ।


धानमा मात्र हैन समयमै पानी नपरेपछी बर्षेवाली प्रभावित वनेको छ । रोपाइ पनि ढिला हुनु  र सिचाईको समयमा समेत पानी नपरेका कारण यस वर्ष धानको उत्पादन घट्ने सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृर्षि सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र बहादुर शर्माले बताए । सिचाईको अभावमा खेतमा घासउम्रिने र किराको प्रकोप देखिने हुँदा खेतलाई सुख्खा नछोड्न उनले सुझाव दिए । 

प्रतिकृया दिनुहोस