• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुने

Fm Radio Link

काठमाडौं, आज सामान्यतया देशभर मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

देशका पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा र पूर्वी र मध्य क्षेत्रका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा पूर्वी भू भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार आज राति देशका अधिकांश  स्थानहरुमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांग सहित  वर्षा हुनेछ । हाल देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पूर्व र पश्चिमका एक दुई  स्थानमा हल्का देखी मध्यम खालको वर्षा भइरहेको छ ।

प्रतिकृया दिनुहोस