• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

अफगानिस्तानमा फेरि बम विस्फोट, ४० जनाको मृत्यु

Fm Radio Link

काठमाडौं, अफागानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा परि करिब ४० जनाको मृत्यु भएको छ । एक सय भन्दा बढी घाइते भएका छन् ।

 

राजधानी काबुलमा गयराति एक विवाह समारोहको बेला बम विस्फोट भएको र मृत्यु हुनेको संख्या बढ्न सक्ने अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ । विस्फोटको जिम्मा अहिले सम्म कसैले पनि लिएको छैन ।

 

यसअघि १० दिन पहिले प्रहरी चौकीलाई लक्षित गरि भएको बम विस्फोटमा १४ जना प्रहरीको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस