१४ दिनदेखि बन्द रहेको काश्मिरको विद्यालय आजबाट खुल्ने
काठमाडौं, भारतको जम्मु काश्मिरमा १४ दिनदेखि बन्द रहेको विद्यालयहरु आजबाट खुल्ने भएको छ ।
केन्द्र सरकारले काश्मिरमा लागु गरिएको धारा ३७० हटाएपछि बन्द रहेको १ सय ९० वटा विद्यालय आजबाट सञ्चालनमा आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सुरक्षा व्यवस्थाका कारण काश्मिर प्रसाशनले अगस्त ५ तारिखबाट जम्मु काश्मिरका विद्यालयहरु बन्दको घोषणा गरेको थियो ।
प्रतिकृया दिनुहोस5>