• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि धनगढीको निसर्ग अस्पतालमा तोडफोड 

Fm Radio Link

धनगढी, डाक्टरको लापरवाहिका कारण बिरामीमो मृत्युभएको भन्दै आफन्तजनले अस्पताल तोडफोड गरेका छन् । धनगढीको निसर्ग अस्पताल प्रालीमा उपचारका क्रममा भिमदत्त नगरपालीका – १२ का ५३ बर्षिय मदन सिंह भण्डारीको मृत्यु भएपछी उनका आफन्तजनले अस्पताल तोडफोड गरेका छन् ।  तोडफोड बाट ठुलो क्षति नभए पनी अस्पताल बन्द छ ।
मृतक भण्डारी हिजो बिहान ७ बजे पित्तथैलीको अप्रेशनका लागी अस्पताल भर्ना भएका थिए । उनको दिउँसो २ बजे पित्तथैलीको अप्रेशन गरीएको थियो । राती १० वजे स्वास्थ्यमा एकाएक समस्या आएपछि ११ बजेतिर मृत्यु भएको आफन्तजनले बताएका छन् ।
चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तजले अस्पताल बाहीर नारावाजी गर्नखोजेपछि प्रहरीले भिड नियन्त्रण गरेको थियो । अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिइरहेको छ । घटनाबारे अहिले सम्म अस्पताल प्रशासनकोे आधिकारीक धारणा बाहीर आएको छैन् ।

प्रतिकृया दिनुहोस