• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपमा नेपाल पराजित

Fm Radio Link

काठमाडौं, पाचौं संस्करणको साफ १५ वर्ष मुनिको पुरुष फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । भारतको कल्याणीमा आज भएको पहिलो खेलमा नेपाल आयोजक भारतसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

 

भारतविरुद्ध खराब प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा दुई गोल खाएको थियो । नेपालको पराजयसँगै उपाधि जित्ने लक्ष्यमा पनि धक्का लागेको छ ।

 

नेपालले अब आफ्नो दोस्रो खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ भने तेस्रो खेल मंगलबार बंगलादेश र अन्तिम खेल विहिबार भुटानको सामना गर्नेछ । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।

 

राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

प्रतिकृया दिनुहोस