• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

आज देशभरको मौसम बदली रहने

Fm Radio Link

काठमाडौं, आज देशभरको मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ ।

 

देशको मध्य तथा पश्चिमी पहाडी भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही मध्य तथा पूर्वका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ ।

 

हाल देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ । मध्य तथा पूर्वी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ । देशको पश्चिमी भू भागका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

प्रतिकृया दिनुहोस