• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनल खेल आज

Fm Radio Link

काठमाडौं, एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनलका खेलहरु हँुदैछन् । पहिलो खेलमा किर्गिस्तान र तुर्कमेनिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

 

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा हुने खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा उज्वेकिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल अपरान्ह साढे ५ बजेबाट सुरु हुनेछ ।

 

समूह ‘ए’ को विजेता बन्दै किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने समूह ‘बी’ म रहेको तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान बनाएको हो । नेपाल भने समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिकृया दिनुहोस