• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

गुणस्तरीय शिक्षा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन भोलीदेखि काठमाडौंमा सुरु हुँदै

Fm Radio Link

काठमाडौं, गुणस्तरीय शिक्षाका लागि अन्तराष्ट्रिय सम्मेलन भोलीदेखि काठमाडौंमा सुरु हुने भएको छ । भदौ ७ गतेदेखी ९ गतेसम्म गुणस्तरीय शिक्षा सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा हुन लागेको हो ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा रातो बंगला फाउण्डेसनको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका विभिन्न विषयमा विषयगत छलफल हुनेछ । दिगो विकास लक्ष्यको चौथो लक्ष्य गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तरगत काम गर्ने लक्ष्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षा देखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो । सम्मेलनमा तीनसय सामूदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगाएतको उपस्थिति रहनेछ ।

 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक महाश्रम शर्माले सम्मेलनले नेपालको विद्यालय शिक्षामा गुणस्तरीय सुधार ल्याउन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रातो बंगला फाउण्डेसन तथा रातो बंगला स्कुलका निर्देशक शान्ता दिक्षितका अनुसार अघिल्लो सम्मेलनले शिक्षामा पहुँचको विषयलाई जोड दिएको थियो भने यसपटक शिक्षाको गुणस्तरका विषयमा छलफल गर्न लागिएको हो ।

 

सम्मेलनले पहिलो अन्तराष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रको कार्यान्वयनको विश्लेषण गर्दै काठमाण्डौ घोषणा पत्र जारी गर्नेछ । सम्मेलनमा मलुकभर र मुलकुबाहिर गरि सात सय भन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस