• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

कश्मिर विवादबारे धारणा सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग

Fm Radio Link

काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले भारतको कश्मिर विवादबारे धारणा सार्वजनिक गर्न नेपाल सरकारसँग माग गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै काँग्रेस सांसदहरुले नेपाल–भारत संयुक्त आयोगको बैठकमा पनि सरकारले प्रभावकारी रुपमा नेपालको हितअनुकूल कुरा राख्न नसकेको आरोप लगाउनुभयो ।  

 

भारतलाई किनारा लगाएर उत्तर तर्फ मात्र सम्बन्ध बनाउने काममा सरकार लागेको भन्दै कांग्रेस सांसद जीतेन्द्रनारायण देवले ‘नेपालले १९५० को सन्धि पुनरावलोकन प्रस्ताव किन राख्न सकेन ? भनेर प्रश्न गर्नुभयो ।  

 

बैठकमा सत्तारुढ दलका सांसदहरुले भने बाढी–पहिरो क्षेत्रमा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रतिकृया दिनुहोस