• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

ब्राजिलको अमेजन जंगलमा आगलागी

Fm Radio Link

काठमाडौं, ब्राजिलको अमेजन जंगलमा भईरहेको आगलागीप्रति विश्व समुदायले चिन्ता प्रकट गरेको छ । विश्वकै ठूलो कार्बन स्टोरको रुपमा रहेको अमेजन रेनफरेष्टमा आगलागी हुँदा ग्लोबल वार्मिङको समस्या बढ्ने विश्वसमुदायको चिन्ता छ ।

 

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले ब्राजिलको अमेजन रेनफरेस्टमा भइरहेको आगलागीले अन्तराष्ट्रिय संकट निम्त्याएको प्रतिक्रिया दिनुभएको छ । यो बिषयलाइ आसन्न जि–सेभेनको सम्मेलनमा एजेण्डा बनाउन पनि उहाँले प्रस्ताव गर्नुभएको छ ।  

 

तीव्र गतिमा फँडानी भइरहेको अमेजन रेनफरेस्टमा यो वर्ष डढेलो लगाउने क्रम अधिक भएको पछिल्लो तथ्यांकले देखाएको छ । 

प्रतिकृया दिनुहोस