• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

कानुनको कार्यान्वयनले नै हिंसा रहित समाज बनाउन सकिने

Fm Radio Link

काठमाण्डौं, पछिल्लो समय महिला हिंसाका घटना, सार्वजनिक हुने दर बढेको छ । समाजमा शिक्षा र चेतनाको स्तर बढेपनि महिला माथिको हिंसा भने रोकिएको छैन । हिंसा विरुद्ध आवाज उठाउने आँट गर्नु आवश्यक छ । आफु आँटिलो भएर अरुलाइ पनि हिंसा विरुद्ध आँट दिन सके हिंसा रहित समाज बनाउन सहज हुन्छ ।

 

यसको लागि सानै उमेरदेखि नै संस्कार बालबालिकालाई राम्रो संस्कार सिकाउनु आवश्यक भएको अविभावकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा प्रत्येक तीन मध्ये एक जना महिलाले शारीरिक वा यौन दुव्र्यवहार भोग्ने गरेका छन् । विकसित देशको तुलनामा विकासशिल देशमा महिला हिंसा बढ्दो छ ।

 

संविधान र कानुनको कार्यान्वयनले नै हिंसाको अन्त्य हुने र समतामुलक समाज निर्माण हुने दक्षिण एसियाका महिला अधिकारकर्मी कमला भासिनको भनाइ छ । नेपालमा भने प्रत्येक चार जना मध्ये १ जनाले कुनै न कुनै प्रकारको हिंसा भोग्नु परेको तथ्याङ्क छ । बनेका कानुन कार्यान्वयन गर्न सके महिला हिंसा न्यूनिकरण गर्न सकिने महिला अधिकारकर्मी उर्मिला श्रेष्ठले सीआईएनसँग बताउनुभयो ।

 

महिलाहरु निती कार्यान्वयको स्थानमा पुगेमा र नेतृत्वदायि भूमिकामा धेरै हुन सकेमा पनि महिला हिंसा र असमानता घट्ने अधिकारकर्मीहरु बताउँछन् । 
 

प्रतिकृया दिनुहोस