• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

पूर्व र मध्य क्षेत्रमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाडौं, आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ ।

 

देशका पूर्व र मध्य भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ भने देशको पूर्व देखि पश्चिम सम्मकै थोरै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाका अनुसार हाल देशभरी सामान्य देखि पूर्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भू भागका थोरै थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

प्रतिकृया दिनुहोस