• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पहाडी भेगमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाडौं, आज देशभर मौसम आशिंकदेखि सामान्य बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभरी आशिंक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुनेछ ।

 

देशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । आज राति देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने र मध्य तथा पश्चिमी भू भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

महाशाखाका अनुसार हाल देशभरी आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

प्रतिकृया दिनुहोस