• २०७६ असोज २८ मंगलबार / Tuesday, October 15
Skip Advt.

‘बाँचेकैछु जसो तसो’  गीतको म्युजिक भिडिओ सार्वजनिक 

Fm Radio Link

इलाम, सुम्वेक घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण(कोरियामा रहेका लिला खतिवडाको शब्दमा ‘बाँचेकैछु जसो तसो’ बोलको  गीतको म्युजिक भिडिओ सार्वजनिक भएकोको छ ।

 

संगीतकार  निर्मल दियालीको संगीत रहेको यस गीतमा गोपाल रसाइलीले संगीत एरेन्ज गरेका छन् भने यस वर्षको रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा दोस्रो भएका बेनुप छेत्री को स्वर रहेको छ । 

 

विशेष गरी माया, प्रेम, विछोड जस्ता भावनात्मक कुराहरुलाई मार्मिक ढंगले समावेश गीतको  भिडिओमा ऋचा थापा , सुमन खतिवडा र अमर दिपलाई अभिनय गराइएको छ ।

 

किर्तिपुरको चोभार साथै दरबार मार्ग क्षेत्रका रमणीय स्थानहरुमा छायांकन गरिएको  भिडिओमा युवराज वाइवाले भिडियोलाई निर्देशन गरेका छन् भने उत्सब दाहालको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । 

 

यस गीतको म्युजिक भिडिओलाई सर्जक लिला खतिवडाले आफ्नै युट्युव च्यानल  लिला खतिवडा बाट सार्वजनिक गरेका छन् ।

 

प्रतिकृया दिनुहोस