• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

भोलिसम्म बर्षा जारी रहने

Fm Radio Link

काठमाडौं, देशका अधिकांस जिल्लामा आज पनि पानी परिरहेको छ । काठमाण्डौ, बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अरु ठाउँको तुलनामा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

मौसमविद् मञ्जु बासीले आज दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म मनसुन थप सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

 

हिजो देखि सक्रिय रहेको मनसुन पर्सि विहान सम्म थप सक्रिय हुने भएकाले पहिरो र बाढि जान सक्ने वस्तिहरुका स्थानीय सर्तक रहन विभागको आग्रह छ ।  वर्षाका कारण पहाडि भुभागमा पहिरो जान सक्ने , नारायणि नदि लगाएतका नदिमा बहाव उच्च हुने र बाढि जाने सम्भावना छ । जोखिमपूर्ण वस्तिका स्थानीय सर्तक रहनुपर्ने मौसमविद् बासीले सीआईएनसँग बताउनुभयो ।

 

मनसुन सक्रिय भएसँगै देशका विभिन्न भुभागमा बाढि ,पहिरोका कारण सयौँ परिवार प्रभावित भएका छन् । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको पानी पार्ने हावाको प्रभावका कारण देशभर मनसुनी गतिविधि बढेको छ । 

प्रतिकृया दिनुहोस