• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

भक्तपुरमा दुई सातामा १९७ जनामा डेंगु 

Fm Radio Link

काठमाडौं, भक्तपुरमा दुई साताको अवधिमा १९७ जनामा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी संक्रमित भक्तपुर नगरपालिकाभित्र भेटिएका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा हिजोसम्म १९७ बिरामीमा डेंगु भएको पुष्टि भएको हो । यो रोगको संक्रमण बढ्दै गएको कार्यालयले जनाएको छ । ज्वरो आउनेबित्तिकै डेंगु रोगको आशंकामा अस्पताल तथा स्वास्थ्य संस्थामा जँचाउने बिरामीको भीड लाग्ने गरेको छ ।

 

यस वर्ष भक्तपुरमा गत भदौ ८ गते पहिलोपटक डेंगु संक्रमितको पहिचान भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले देशकै बढी जनघनत्व रहेको भक्तपुरमा डेंगुको महामारी फैलिने उच्च जोखिम रहेको बताउनुभएको छ । मानव बस्तीको बीच बीचमा पानीको स्रोत खुला भएको ठाउँमा डेंगु सार्ने लामखुट्टे बढी पाइने गरेका छन् ।

 

यद्यपि टोल, नगर, विद्यालयलगायतका क्षेत्रमा डेंगु रोगबारे जनचेतनामूलक कार्यक्रम जारी राखिएको उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस