• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

मौलिक खेलको संरक्षण गर्ने योजनामा प्रदेश ५

Fm Radio Link

काठमाडौं, प्रदेश नम्बर ५ ले खेलकुद क्षेत्रको विकास गर्नका लागि मौलिक खेललाई संरक्षण गर्ने गरि योजना अघि सारेको छ । खेलकुद कै माध्यमबाट प्रदेशको सम्बृद्धिका लागि खेल मैदान निर्माण, प्रदेश स्तरीय खेलकुद परिषद गठन लगायतको काम सुुरु भएको जनाइएको छ ।

 

खेलाडीलाई राम्रो खेल मैदान निर्माण र उसको स्वास्थ्यलाई ख्याल गर्दै प्रदेश सरकारले नै सम्पूर्ण खर्च व्यहोर्ने गरि छलफल सुरु भएको प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सीआईएनलाई बताउनुुभयो ।

 

प्रदेश सरकारले खेल क्षेत्रको विकास र संक्षणका लागि स्थानीय सरकारसँग समन्वय गरेर २ वटा रङ्गशाला निर्माण, अन्य खेल मैदानको निर्माणका लागि झन्डै १५ करोड बजेट बिनियोजन गरेको छ । 
 

प्रतिकृया दिनुहोस