• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सिरहामा दक्षिणसिमावर्तीको छुटाछुटै २ ठाउँमा प्रविधिक शिक्षा सुरु

Fm Radio Link

सिरहा, सिरहाको बरियारपटी गाउँपालिका ३ स्थित जनता मा.वि.मा प्रविधिकधार कृषि बाल विज्ञान शिक्षा र औरही गाँउपालिका १ स्थित श्री जनता मा.वि दरहियामा प्रविधिक इलेक्ट्रिकलको हिजो उदघाटन भएको छ ।

 

प्रविधिकधार कृषि बाल विज्ञान शिक्षा र प्रविधिक इलेक्ट्रिकलको उदघाटन शिक्षा विज्ञना प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले गर्नु हुदै शिक्षा क्षेत्रमा हुने अनावश्यक राजनितिकलाई निरुत्साहित गर्न शिक्षा नितीलाई परिमार्जन गर्न लागिएको बताउनु भयो ।  

 

विघालय जागिर खाने थलो नभई  देश निर्माण गर्ने जनशत्ति उत्पादन गर्ने थलो भएको भन्दै राजनितिक नगर्न शिक्षक, विघालय ब्यबस्थापक समिती र अभिवावक समितिलाई आग्रह गर्नुभयो ।

 

आफ्नो विधार्थी विघालयमा कुन तरिकाले अध्ययन गरिरहेको छ र कस्तो वातावरणको आवश्यकता छ भन्ने कुराको विशेष ख्याल राख्नु पर्दछ । शिक्षालाई श्रम संग श्रमलाई शिप संग र शिपलाई उत्पादन संग जोड्नु पर्छ भनेर बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस