• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

रकम संकलन गरेको करिब ८ वर्ष पछि घोडाघोडीका दुई वडामा विद्युत बल्दै

Fm Radio Link

वीरेन्द्र शाह, असोज १७ सुखड कैलाली,
रकम संकलन गरेको करिब ८ वर्ष कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ मा बिद्युत बालीने भएको छ । बिद्युत बाल्नको लागी वडा नम्बर ५र ७ का गाउँमा ट्रान्सफर्मर जडान गर्ने काम सम्पन्न भएको घोडाघोडी ग्रामिण विद्युत सहकारी लि.ले जनाएको छ ।

असोज १८ गते ५ ओटा ट्रान्सफर्मरमा बिद्युत छोड्न लागेको घोडाघोडी ग्रामिण विद्युत सहकारी अध्यक्ष भिम बहादुर बडुवालले जानकारी दिनु भयो । असोज १८ र १९ गते सम्म ट्रान्सफर्मरमा विद्युत चार्जर हुने भएको हो । असोज १८ देखी १९ गते सम्म ट्रान्सफर्मरमा विद्युत चार्जर हुने भएको हुदा विद्युतको पोलमा गाई बस्तु वा त्यसको आसपासमा मानिसहरु नगईदिन पनि त्यस ठाउँमा बसोबास गर्ने स्थानियहरुलाई संस्थाले आग्रह गरेको छ । कुनै दुर्घटना निम्तीमा दुर्घटनाको जिम्मेवारी आफै हुनु पर्ने समेत संस्थाले बताएको छ ।घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थाले दशै भित्र घोडाघोडी नगरपालिकाको वडा नम्बर ५ र ७ मा बिद्युत बाल्ने भनेर प्रतिबद्धता गरेको थियो ।

अहिले घोडाघोडी नगरपालिकाको वडा नम्बर ४ र ९ कैलारी गाउँपालिकाको ८ र गौरीगंगा नगरपालिका ११ मा ३ ओटा टोलीले तार तान्ने काम गरीरहेको समेत उहाँले जानकारी दिनु भएको छ । त्यस ठाउँमा ९० प्रतिशत काम सम्पन्न भएको छ । घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ मा विद्युत बाली सके पछि तिहार सम्म वडा नम्बर ४ मा विद्युत बाल्ले योजना रहेको अध्यक्ष बडुवालको जानकारी दिनु भएको छ ।

सहकारी संस्थाले विद्युत बाल्छु भनेर रकम संकलन गरेको ८ वर्ष भई सक्दा समेत बिद्युती करण नगरेको भन्दै भाद्र २५ गते सर्घष समितिले घोडाघोडी ग्रामिण बिद्युत सहकारी संस्थाको बोर्ड हटाएउनु साथै सहकारीमा ६ वटा ताला समेत लगाएका छन । घोडाघोडी नगरपालिकाका वडा नम्बर ४, ५, ७ र ९, गौरीगंगा नगरपालिकाको वडा नम्बर ११ र कैलारी गाँउपालिकाको वडा नम्बर ८ मा बिद्युत बिस्तार गर्ने भन्दै सहकारीले प्रती घर १५ सय देखी ३ हजार रुपैयाँ सम्म संकलन गरेको थियो । आर्थिक वर्ष २०६८ र ०६९ मा उक्त रकम संकलन गरीएको थियो ।

ताला लगाएको २५ दिन भई सक्दा समेत घोडाघोडी ग्रामिण विद्युत सहकारीको ताला खोलिएको छैन । घोडाघोडी ग्रामिण विद्युत सहकारी संस्थामा ताला बन्दी गर्ने सर्घष समितिलाई बार्ताको लागी पटक पटक आफुले आह्वान गरेको भए पनि उनिहरु बार्ताको लागी नआएको समेत उहाँले बताउनु भयो । रकम संकलन गरेको ८ वर्ष पछि गाउँमा बिद्युत बल्ने भए पछि घोडाघोडी नगरपालिका वडा नम्बर ५ र ७ का स्थानिय उपभोक्तामा केही खुसी छाएको छ । विद्युत अभावले गर्दा मोवाईल चार्ज गर्न समेत दैनिक २ सय रुपैयाँ खर्च गर्नु पर्ने र विद्यार्थीहरुको पढाई समेत प्रभावित हुने गरेको थियो ।

प्रतिकृया दिनुहोस