• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

नेकपाद्वारा कास्कीका विभिन्न वडामा शुभकामना तथा चियापान

Fm Radio Link

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कास्कीले नेपालीहरुको महानपर्वहरुको अबसरमा विभिन्न वडाहरुमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । रुपा गाउँपालिका वडानं ५ देउरालीमा नेपका वडाकार्यलयले गरेको कार्यक्रममा गण्डकी प्रदेशका सह इन्चार्ज एवं पुर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले जनताले मनाउने मान्ने सवै चाड पर्वमा नेकपाको साथ रहेको बताउदै शुभकामना ब्यक्त गर्नुभयो ।

जहाँ जनता त्यहा कम्युनिष्ट भन्दै सांसद अधिकारीले निर्वाचनको बेला घोषणा पत्रमा लेखेका कुरा पाँच बर्षमा पुरा हुने बताउनु भयो । उहाँले ६ हजार बर्ष भन्दा पहिलेबाट दशै पर्व मनाउन शुरु गरिएको भन्दै दशै पर्व रातो टिका लगाएर मनाउन किरातहरुले शुरु गरेको स्मरण गराउनु भयो । हिन्दु बौद्ध सवैको साझा पर्व दशै भएकोले अधिकारीले एक आपसमा खुशी साटासाट गरेर पर्वहरु मनाउन आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले चाड पर्वले सवै परिवार विच भेटघाट गराउनुको साथै आत्मियता बढाउने पर्व भएको बताउनु भयो । सभापति कोइरालाले सरकारले जनताको पक्षमा काम गरेको बताउदै पार्टी कमिटी निर्माणमा ढिला हुदा सरकारले गरेको काम स्थापित गर्न नसकेको बताउनु भयो ।

रुपागाउँ पालिकाका अध्यक्ष नबराज ओझाले निर्वाचनको बेला घोषणा पत्रमा भएका काम गरेर जनतालाई कुनै गुनासो गर्ने ठाउँ नदिने बताउनु भयो ।आफुहरुले सवै वडालाई समेटदै विकास निर्माणको काम गरेको बताउनु भयो कार्यक्रममा स्थानीय नेता नबराज बराल,सहबक्स मियाँ लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।नेकपाका वडाअध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजन खनालले गर्नुभएको थियो ।

यता पोखरा महानगरपालिका वडानं २९मा नेकपाले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज मान बहादुर जिसीले दशै तिहार हिन्दु र बुद्ध धर्म मान्नेहरुको साझा पर्व रहेको बताउनु भयो । मेयर जिसीले दुवै धर्मको अन्तर वस्तु र उद्देश्य एउटै भएको बताउनु भयो । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला महानगर, प्रदेश र संघिय सरकारले गरेका सवैकाम कम्युनिष्ट सरकारले गरेको बताउनु भयो । सवै चाडपर्वहरुले हामीलाई सकारात्क दिशा तर्फ अगाडि बढ्न र सरकारले लिएको समृद्ध नेपाल खुशी नेपाली लक्ष्यमा पुग्न सकियोस सवैमा सकारात्क सोचको विकास हुन सकोस भन्ने कामना गर्नुभयो । कार्यक्रम नेकपा वडाध्ययक्ष तिल कुमारी थापाको अध्यक्षतामा भएको थियो ।

यस्तै रुपा गाउँपालिका वडानं ६को आपुखोलामा पनि आजै शुभकामना आदान प्रदान सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद दीपक कोइराला(रुपक)ले शुभकामना ब्यक्त गर्दे सवै नेपालीहरुको मुहारमा खुशी ल्याउने गरी गण्डकी प्रदेशले काम गरिरहेको बताउनु भयो ।


कार्यक्रम आपुखोला टोल सुधार समितिका अध्यक्ष बलराम थापाको अध्यक्षतामा भएको थियो कार्यक्रममा स्थानीय रामचन्द्र सापकोटा,शिव शक्ति आमा समुहका इश्वरी मल्ल, स्थानीय सन्तोष खड्का लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस