• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

बढी भाडा लिने सवारीसाधन नियन्त्रणमा

Fm Radio Link

पोखरा ।

दशैँको अवसरमा पोखराबाट बाहिरी जिल्ला जाने सर्वसाधारणलाई बढी भाडा लिएका ६ वटा सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । 

दशैं मनाउन घर फर्कने यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराबाट बाहिरिने मुख्य सडकमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

यात्राका क्रममा बीच बाटोमा यात्रुलाई अप्ठ्यारोमा पारी मनोमानी रुपमा बढी भाडा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न चेकिङका साथै सादा पोशाकमा प्रहरी परिचालन गरिएको भन्दै उनले  यस क्रममा बढी भाडा असुल गरेको छ वटा सवारीसाधन र चालकलाई पक्राउ गरी थप अनुसन्धान गरिएको बताए ।

प्रतिकृया दिनुहोस