• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

उत्तरी सिरियामा जारी सैन्य कारबाहीका कारण हजारौं नागरिक पलायन

Fm Radio Link

काठमाण्डौं, उत्तरी सिरियामा जारी सैन्य कारबाहीका कारण हजारौं नागरिक त्यस क्षेत्रबाट पलायन भएका छन् । टर्कीले बुधबारबाट उत्तरी सिरियाको कुर्द लडाकु रहेको क्षेत्रमा सैन्य कारबाही सुरु गरेको हो ।

 

टर्कीले कुर्द लडाकु रहेको स्थान आफ्नो सेनाले नियन्त्रणमा लिएको दावी गरेको छ । सैन्य कारबाहीमा लडाकुका साथै सर्वसाधारण पनि मारिएको अन्तर्राष्टिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

मारिनेहरुको संख्या यकिन नभएपनि त्यस क्षेत्रबाट हजारौंको संख्यामा नागरिकहरु पलायन भएको बताइएको छ । टर्कीले गरेको सैन्य कारबाहीको अन्तर्राष्ट्रिय स्तरमा भत्र्सना गरिएको छ । अमेरिका, फ्रान्स, बेलायत, जर्मनी सहितका राष्ट्रले संयुक्त राष्ट्र सुरक्षा परिषदमा बहस गरिने छ ।

प्रतिकृया दिनुहोस