• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिपमा आज नेपाल बंगलादेश खेल्दै

Fm Radio Link

काठमाण्डौं, साफ १५ वर्ष मुनिको महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको दोस्रो खेलमा नेपालले पहिलो संस्करणको विजेता बंगलादेशसंग खेल्न लागेको हो ।

 

भुटानको थिम्पुमा हुने खेल स्थानिय समय अनुसार दिउँसो ३ बजेबाट सरु हुनेछ । प्रतियोगिताको फाईनल पुग्न नेपाललाई बंगलादेशविरुद्वको खेल जित्नैपर्ने दबाव छ । पहिलो खेलमा नेपाल भारतसँग ४–१ को फराकिलो अन्तरले पराजित भएको थियो भने बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो ।

 

आजै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भारत र बंगलादेश दोस्रो खेलमा जित निकाल्दै फाईनल यात्रा तय गर्न चाहन्छन् । राउण्ड रोबिन लिगका शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो संस्करण बंगलादेश र दोस्रो भारतले जितेको थियो ।

प्रतिकृया दिनुहोस