• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

विपद व्यवस्थापनमा दिर्घकालिन योजना बन्नुपर्छ —मन्त्री चुमान

Fm Radio Link

पोखरा ।

कास्कीमा विपद व्यवस्थापनमा सप्ताह शुरु भएको छ । गण्डकी प्रदेशको आव्हानमा नेपाल रेडक्रस सोसाईटी कास्की, विभिन्न गैह्र सरकारी संस्था, सुरक्षा निकाय, विपदसंग सरोकार राख्ने सरोकारवालाहरु सहित जिल्ला विपद व्यवस्थापन समिति कास्कीको आयोजनामा उक्त सप्ताह कार्यक्रम शुरु भएको हो ।

“अत्यावश्यक पूर्वाधारमा विपदबाट हुने क्षेती घटाऔं, आधारभूत सेवा प्रवाह रोकिनबाट जोगाऔं” नाराकासाथ दिवश मनाइदैछ । असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म उक्त दिवश विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय यसअघिनै भएको थियो । पोखराको सृजनाचोकबाट आइतबार विहान सुरु भई रत्नचोक, राष्ट्रबैंकचोक, शहिदचोक हुदै जिल्ला समन्वय समितिको सभाहलमा पुगेर समापन भएको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरी बहादुर चुमानले विपद व्यवस्थापनमा दिर्घकालिन योजना बन्नुपर्ने उल्लेख गरेका छन ।

उनले भने—‘ परम्परागत शैलीले विपद व्यवस्थापन हुन सम्भव छैन । हामी अझै पुरानो धारमा छौ, गर्न त गरिरहेका छौ तर उचित परिणाम आउन सकिरहेको छैन । अब नयाँ शैली अप्नाई दिर्घकालिन योजना बनाएर अघि बढनुपर्ने आवश्यकता देखिन्छ ।’ मन्त्री चुमानले विपद व्यवस्थापका क्षेत्रमा सबैभन्दा पहिला स्थानिय सरकार क्रियाशिल हुनुपर्नेमा जोड दिएका छन । विपद निम्त्याउन सक्ने क्षेत्रको पहिचान गरी पूर्व तयारीका काम गर्न स्थानिय निकायलाई उनले आग्रह गरेका छन ।

उनले विपद कुनैपनि बेला आउने भएकाले त्यसका लागि पूर्वाधार विकास गरी पूर्व तयारीका कार्यक्रमको योजना बनाएरनै लाग्नुपर्ने बताएका छन । विपद व्यवस्थापनका क्षेत्रमा केन्द्र सरकारले छुट्याएको बजेट अपुग भएको बताउदै मन्त्री चुमानले तीनै तहका सरकारले यसप्रति चासो राख्नुपर्ने बताएकाछन ।

पूर्व सुचना प्रणालीलाई चुस्त पारी बाढी पहिरोको क्षेत्रमा सरकारले उचित कदम चालेको मन्त्री चुमानको भनाई थियो । उनका अनुसार नयाँ सोचको विकास गरी सरकार मात्र नभई नागरिक स्तरबाटनै विपद व्यवस्थापन प्रक्रियामा ठोस कदम चालिनुपर्छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केशीले विपद व्यवस्थापनको लागि तीनवटा महत्वपूर्ण आयामलाई ख्याल गर्नुपर्ने बताएका छन । विपदलाई कुरेर नभई योजना बनाएर व्यवस्थापन गर्न सकिने उनको भनाई थियो । बच्न बचाउन र जोगिन सक्ने उपाएका बारेमा पूर्व तयारी गरिनुपर्ने केशीले बताएका छन ।
 

प्रतिकृया दिनुहोस