• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

पोखरामा दुई मोटरसाईकल जुध्दा ३ घाईते

Fm Radio Link

पोखरा ।

पोखरामा २ वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन् । अञ्चल सशस्त्र प्रहरी गुल्म पोखराको ग १ ब १४४९ नम्बरको मोटरसाईकललाई बा ६४ प ७२१२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् ।

घाईते हुनेहरुमा अञ्चल सशस्त्र प्रहरी गुल्म पोखरामा कार्यरत २३ बर्षका प्रहरी जवान उपेन्द्र विष्ट, रामेछाप उमाकाण्ड गाउँपालिका प्रिती बस्ने ३४ बर्षका नरबहादुर बस्नेत र बाँके कोहलपुरका ४३ बर्षिया गीता क्षेत्री छन् । उनीहरुको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
 

प्रतिकृया दिनुहोस