• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

सुर्खेतका राउटे पोखरामा

Fm Radio Link

पोखरा ।

लोपुन्मुख राउटे जातिका दुई सदस्य पोखरामा आएका छन्। सर्खेतबाट पोखरा आएका राउटे समुदायका नारायण शाही र मनविर साहीले आफुहरुलाई पैसा चाहिएको भन्दै कास्कीको जिल्ला प्रशासन कार्यालयमा समेत आइपुगेको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए । 

प्रशासनको तर्फबाट पैसा दिने कुनै सिस्टम नभएकाले प्रशासकिय अधिकृत नवराज बरालको सक्रियतामा करिब ८ हजार रुपैया कर्मचारीबाट संकलन गरी सहयोग हस्तान्तरण गरिएको प्रशासनले जनाएको छ । 

साथै प्रजिअ केसीले काठको कोशी उपहार समेत प्रदान गरेकाछन्। राउटेले वडा प्रहरी कार्यालय बैदाममा बिहानको खाना आएको बताइन्छ । उनीहरु पोखरामा रहेका विभिन्न संघ संस्था समक्ष आफुहरुको लागि पैसा आवश्यक भएको भन्दै पैसा माग्दै हिडेकाछन्।
 

प्रतिकृया दिनुहोस