• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

बलात्कार आरोप लपागेका निर्वतमान सभामुख महरालाई आज अदालत लगिँदै

Fm Radio Link

काठमाण्डौं, बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाण्डौँ जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसनधान गर्न समयसीमा थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको प्रहरीले जनाएको छ ।

 

जिल्ला अदालत काठमाडौँले गत १९ गते पक्राउपुर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । सोही पक्राउपूर्जीको आधारमा सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

 

महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुले पनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन । आज अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । महरा अहिले नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस