• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

पञ्चासे अर्गा्निक कृषि फार्मद्वारा बाँझो जग्गामा अलैंची खेती, यस वर्ष २० लाखको उत्पादन हुने

Fm Radio Link

पोखरा ।

पोखरा महानगरपालिका वडानं १९मा रहेको पञ्चासे अर्गा्निक कृषि फार्मले यस बर्ष २० लाखको अलैंची विक्रि गर्ने भएको छ । चार बर्ष अगाडि साविकको पुरन्चौर गाविस हालको पोखरा महानगरपालिका वडान १९ पैहुँ देउरालीमा ४ सय पचास रोपनी क्षेत्रफलमा अलैंची खेती गरिएको फार्मका ब्यवस्थापक बासुदेव तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार अहिले सम्म लगानी १ करोड ५० लाख भएको र यस बर्ष बाट अलैंची उत्पादन ब्यवसायिक रुपमा उत्पादन हुन थालेको हो । अहिलेको बजार मुल्य र फार्मको उत्पादन हेर्दा यस वर्ष झण्डै २० लाखको अलैंची उत्पादन हुने कम्पनीले अनुमान गरेको छ ।

कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख डाक्टर शान्ता कार्कीले कास्की जिल्ला र पञ्चासे क्षेत्रमा अलैंची खेतीको प्रचुर सम्भावना रहेको बताउनुभयो । फार्मको अबलोकन गर्दे डाक्टर कार्कीले हावापानी राम्रो रहेको र गाँज र विरुवा पनि स्वास्थयकर भएकोले उत्पादन पनि गुणस्तरीय हुने बताउनुभयो ।

नेपालबाट विदेश निर्यात हुने बालीभएकोले बाँझो जग्गाहरुको उपयोग गरी राम्रो आम्दानी गर्न सकिने कार्कीको भनाइ छ । प्राविधिक रुपमा अलैचीको लागि पानी नजम्ने भीरालो र चिस्यान युक्त जमिन उपयुक्त हुने डाक्टर कार्कीले जानकारी दिनुभयो ।

कम्पनीले महानगरपालिका भित्रै पनि विधुत नभएकोले अलैंची सुकाउन टाडा लैजानु पर्दा लागत मुल्य बढेको जनाएको छ । त्यस ठाउँमा १६ घर रहेकोमा सवै बसाई सरेर बजार झरेपछि घरखाली र जग्गा बाँझो भएको थियो । सोही ठाउँमा पञ्चासे अर्गा्निक कृषि फार्मले पच्चीस बर्षको लागि जग्गा भाडामा लिएर अलैची खेती शुरू गरेको हो ।
 

प्रतिकृया दिनुहोस