• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

स्याङजामा कार दुर्घटना हुदाँ दुईजना घाइते

Fm Radio Link

पोखरा ।

स्याङ्जामा कार दुर्घटनामा हुदाँ २ जना घाइते भएका छन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको बा २० च ५७२ नम्बरको कार वालिङ–१३ पाठेखोलामा दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

गल्याङ नगरपालिका–१ का माधव बस्याल र वालिङ–८ बस्ने कृण्ण सुबेदी रहेको प्रहरीले जानकारी दिएको छ ।

कारका चालक बस्याल गम्भीर घाइते भएकाले उनलाई उपचारका लागि पोखरामा उपाचार हुदै छ भने र सुवेदी सामान्य घाइते भएका कारण वालिङमा नै उपचार भइरहेको प्रहरीको भनाई छ ।

कार सडकबाट करिव ५० मिटर तल खसेको थियो ।
 

प्रतिकृया दिनुहोस