• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पोखरामा स्कोरपियोले ठक्करदिदा युवकको मृत्यु

Fm Radio Link

पोखरा ।

पोखरामा सवारी दुर्घटनामा परेका  एक युवकको ज्यान गएको  छ । भाइटीकाको दिन (मंगलबार) पोखरा(२६ तालचोकमा स्कोरपियोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक लम्जुङ बेसीशहरका  २९ बर्षीय नन्द प्रसाद गुरुङको उपचारको क्रममा मुत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

ग १ य ८७५ नम्बरको स्कोरपियोले बेलुका करिब ६ः३५ बजे ग १२ प ८८०० नम्बरको स्कुटर र ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका ८८०० नम्बरका स्कुटर चालक गुरुङको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा बेलुका ९ः३० बजे मुत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले पोखरा न्यूजलाई बताए  ।

दुर्घटनामा  अर्का  स्कुटर चालक पोखरा(८ का ४६ बर्षीय अजित गुरुङ  घाइते भएका छन् । उनको  मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भैरहेको छ ।

दुर्घटनामा घाइते भएका स्कोरपियो चालक पोखरा(३१ का ३५ बर्षीय कैलाश थापाको  प्रहरी निगरानीमा  मेट्रोसिटी हस्पिटल मै  उपचार भैरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस