• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

टेलिमेडिसिन सेवा देशैभरीका अस्पतालमा पु¥याउने तयारी

३५ जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालनमा

Fm Radio Link

काठमाडौं, सरकारले टेलिमेडिसिन अर्थात् भिडियोको माध्यमबाट गरिने उपचारलाई देशैभरीका जिल्ला अस्पतालमा छिट्टै नै पु¥याउने तयारी गरेको छ ।

 

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले सुरु भएको टेलिमेडिसिन सेवा अब ७७ जिल्ला अस्पतालमा सुरु गर्न लागेको सरकारले जनाएको हो । २०७१ सालदेखि नै रोल्पा, दार्चूला लगायत ३५ जिल्लामा टेलिमेडिसिन सेवा सञ्चालनमा आएको भएपनि उपकरणको अभाव, इन्टरनेटको असुविधा, संरचनामा फेरबदल भएसँगै सेवा प्रभावकारी भएको छैन ।

 

अब भने कार्यविधि नै बनाएर सरकारले टेलिमिडिसिन सेवालाई सबै जिल्ला अस्पतालमा पुर्याउने स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले  बताउनुभयो । टेलिमेडिसिन सेवामा आपत्कालिन अवस्थाको विरामीलाई कसरी उपचार गर्ने वा कहाँ लैजाने भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ ।

 

सानै उपचारको लागि शहरका अस्पताल धाउनुपर्ने वा गम्भीर प्रकृतिका रोग लाग्दा समेत थाहा नहुने समस्याबाट नागरिकलाई छुटकारा दिन टेलिमेडिसिन पद्धति प्रभावकारी हुने विषेशज्ञहरु बताउँछन् । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै टेलिमिडिसिन मार्फत् दुर्गमका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताएको थियो ।
 

प्रतिकृया दिनुहोस