• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता

Fm Radio Link

काठमाडौँ, विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान गएको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् । नेपाली टिम आज दिउँसो नेपाल आईपुगेका हुन् ।

 

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीले स्वागत गरेका थिए । भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको थियो । दशरथ रंगशाला तयार नभएपछि नेपालले आफ्नो पहिलो घरेलु खेल भुटानमा खेलेको हो ।

 

कुवेतमा भएको पहिलो लेगको खेलमा भने नेपाल ७–० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाईनिज ताइपेसँग खेल्नेछ ।
 

प्रतिकृया दिनुहोस