• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

प्रधानमन्त्रीलाई आइसियूबाट वार्डमा सार्ने तयारी 

Fm Radio Link

काठमाडौं, स्वास्थ्यमा सुधार हुँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघन उपचार कक्ष (आइसियू)बाट आज वार्डमा सारिने तयारी भएको छ ।

 

प्रधानमन्त्रीलाई वार्डमा सार्नेबारे चिकित्सकले छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । मंगलबार महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियाका भएको थियो । दुई दिनपछि प्रधानमन्त्री ओली हिँड्न सक्ने हुनुभएको हो । आज बिहान उहाँ बेडबाट उठेर हिँड्नुभएको थियो ।

 

प्रधानमन्त्रीले आज परिवारका सदस्य र सल्लाहकारलाई पनि भेट्नुभएको थियो । बिहान १० बजे विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको बताएको छ । यसैबीच हिजो साँझ प्रधानमन्त्रीको डायलासिस गरिएको छ । एक महिनामा प्रधानमन्त्रीले पाँच पटक डायलासिस गराउनुभएको छ । सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली सोमबार बिहानै अस्पताल पुग्नुएको थियो । अस्पतालमा परीक्षण गर्दा उहाँलाई एपेन्डिसाइटिस र पेरिटोनाइटिस भएको देखिएको थियो । त्यसपछि उहाँको शल्यक्रिया गरिएको थियो ।

 

बुधबार बिहानसम्म ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । यसअघि प्रधानमन्त्रीको डायलासिस धापासीस्थित ग्रान्डी अस्पताल भएको थियो । आइतबारमात्र उहाँको चौथो पटक डायलासिस भएको थियो ।
 

प्रतिकृया दिनुहोस