• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

नेकपा अध्यक्ष प्रचण्डको चीन भ्रमण स्थगित 

६० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर २४ गते चीन जाने कार्यक्रम

Fm Radio Link

नेकपा अध्यक्ष प्रचण्डले आफ्नो चीन भ्रमण स्थगित गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर प्रचण्डले चीन भ्रमण तत्काल नगर्ने निष्कर्ष निकाल्नुभएको हो । प्रचण्डले चिनियाँ राजदूतलाई भेटेर आफू तत्काल चीन जान नसक्ने जानकारी गराउनुभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

 

प्रधानमन्त्री  अस्वस्थ भएको अवस्थामा विदेश जानु उपयुक्त नहुने नेकपाका शीर्ष नेताहरू बीच सहमतिपछि चीन भ्रमण स्थगित गरिएको जनाइएको छ । नेकपा अध्यक्ष प्रचण्ड ६० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर २४ गते चीन जाने कार्यक्रम तय भएको थियो । चीनमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताको अनुभव सुन्ने र एक साताभन्दा बढी विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम थियो । 

प्रतिकृया दिनुहोस