• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

सागले पर्यटन वर्षलाई सहयोग पु¥याउने अपेक्षा

Fm Radio Link

काठमाडौँ,१३ औं दक्षिण एसियाली खेलकुद सागका विभिन्न खेलहरु काठमाण्डौ सहित पोखरा र जनकपुरमा चलिरहेको छ । सागमा भाग लिन ७ देशका खेलाडिसँगै प्राविधिक टोली पनि नेपालमा छन् ।

 

सागले आउँदै गरेको भ्रमण वर्ष सन् २०२० लाई पनि सहयोग पु¥याउने सरकारको अपेक्षा छ । सागको लागि अहिले नेपालमा २ हजार सातसय १५ खेलाडी नेपाल आएका छन् । त्यस्तै २ हजार २३ जना प्राविधिक टोली र लगभग दुईसय जना पत्रकारहरु पनि सँगै आएका छन् । कति देशका दर्शकहरु पनि आएका    छन् । अबको ठिक एक महिनापछि भ्रमण बर्ष २०२० सुरु हुँदै छ । भ्रमण बर्षको पूर्व सन्ध्यामा भएको खेलकुदको समाहरोहले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने सागको खेल हेर्न रंगशाला पुग्नुभएका टंक कट्टेल बताउनुहुन्छ ।

 

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । अन्तराष्ट्रिय स्तरका यस्ता कार्यक्रमले भ्रमण बर्षको बारेमा विश्वमा चिनाउन सहयोग पुग्ने खेलाडीहरुको पनि अपेक्षा छ । कराँतेका खेलाडी उषा थापा खेल हेर्न आएकाहरुले नेपालबारे सकारात्मक सन्देश लगे पर्यटक बढ्न सक्ने बताउनुहुन्छ । सागको आयोजक देश भएकाले यसको माध्यमबाट नेपाललाई चिनाउने अवसर भएको र यसबाट अरु पर्यटकलाई आकर्षित गर्न पनि सजिलो हुने सरकारले अपेक्षा गरेको छ । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने सागले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने बताउनुहुन्छ ।

 

साग आयोजना स्थल पर्यटकीय क्षेत्र भएकाले पनि यसले सकारात्मक सन्देश जाने उहाँको भनाइ छ । १३ औं साग अन्र्तगत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ । सागका लागि नेपाल आएका पाहुनाहरुलाई उचित स्वागत र सूचना दिन सके दक्षिण एसियाली देशमा सकारात्मक सन्देश जानेछ र यसबाट भ्रमण बर्ष सफल बनाउन मदत पुग्ने छ । 

प्रतिकृया दिनुहोस