• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

भुटाहामा एनसेल नेटवर्क नहँुदा सेवाग्राही हैरान

Fm Radio Link

भुटाहा, एनसेलको मोबाइल नेटवर्क र इन्टरनेट सेवा नियमित नहँुदा सेवाग्राहीहरू हैरान भएका छन् । एक महिनायताबाट सुनसरी जिल्लाको दक्षिण वर्ती हरिनगर गाउँपालिका १,२ साबिकको रामनगर भुटाहा गाविसमा एनसेलको नेटवर्क बिग्रेर एक महिना भएको छ ।

 

एनसेल नेटवर्क बिग्रेरको स्थानीय बासिहरुले कम्पनीमा कल गर्दा कम्पनीले अटेर गरिरहेको स्थानीय बासीहरुले बताए । केहि महिना अगाडि देखि 4G नेट्वर्क गरेर पहिल्यैको 3G भन्दा पनि कम एस्पिड़को डाटा दिएर दुख दिदै आएकोमा बिगत तीन दिन देखि नेटवर्क खतम गरेर सेवा ग्राहीहरुमा झन पीर थपिएको छ। नत कसैको फोन लाग्छ, लागि हाले कुरै बुझिदैन । हरिनगर गाउँपालिका १ ,२ वडामा बस्र्ने सेवाग्राहीहरू इन्टरनेट र मोबाइल नेटवर्कले काम नगदा मोबाइल प्रयोगकर्ताहरूले सास्ति भोग्नु परेको छ ।

 

गाउँ घरहरूमा मोबाइल नेटवर्क कछुवा गतिमा इन्टरनेट सेवा चले पनि ग्रामीण क्षेत्रमा मोबाइल नेटवर्क र डाटा प्रयोगकर्ताहरू धेरै भएकाले एक महिनायता ती नेटवर्क नचल्दा सर्वसाधारण प्रयोगकर्ता मर्कामा पर्दै आएका छन् । सबैभन्दा गाउँघरका युवाहरू विदेशतिर र जिल्ला बाहिर रहेकाले आफन्तहरू डाटा लिएर मोबाइलबाट प्रत्यक्ष भिडियो कल र सम्पर्क गर्न मोबाइल नेटवर्कको प्रयोग गर्दै आएका थिए । लामो समयसम्म पनि नेटवर्कमा समस्या आउँदा पनि एनसेलले सुनुवाइ नगर्दा आफूहरू घरबाहिर रहेका आफन्तबाट सम्पर्कविहीन भएको हरिनगर गाउँपालिका वडा २ का मोज्जमिल हकले बताएका छन् ।

 

गाउँघरका मात्र हाोइन नेटवर्क नआउँदा अध्यनरत विद्यार्थी, सरकारी कार्यालय संघ–संस्था बैंक । संघ संस्थाहरूले इलोक्टोनिक युग अनुसार कुनै पनि काम बिभिन्न सफ्टवेयरबाट सञ्चालन गरेको हुँदा दैनिक कामकाजमा समस्या आएको गैरसरकारी कार्यालयका कर्मचारीहरूको इन्टरनेट सोलो चल्दा सेवाग्राहीहरूलाई सेवा दिन हैरान भएको बताउँछन् ।

प्रतिकृया दिनुहोस