२०७५ फाल्गुण ८ बुधबार Wednesday, February 20

ताजा अपडेट :

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न प्रदेश प्रमुखको आग्रह

योगा अभ्यासका कक्षाहरु पनि सँचालन
image
 
माघ २४, बारा । प्रदेश न.. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयमा अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताउनुभएको छ ।
 

 

बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
 
बिभिन्न ७५७ जना दाताहरुको सहयोग तथा १ करोड २० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालयको भवनलाई शिलालेख अनावरण गर्दै समुद्धघाटन गर्नुभएको हो ।
 
उहाँले भन्नुभयो– दाताहरुले गरेको दान पुण्य एकदमै प्रशँसनिय छ । दान गर्नु यज्ञ गरे बराबर हुन्छ । त्यसैले सामाजिक दान पुण्यले समाजमा समेत प्रतिष्ठा बढ्छ ।
 

 

आफु पनि सामुदायिक बिद्यालयमा नै अध्ययन गरेको स्मरण गराउँदै सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरोन्नोती गर्न सके निजी विद्यालय भन्दा कम नहुने र क्षमतावान बिद्यार्थीहरु उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समेत आग्रह गर्नुभएको छ ।
 

 

२०३८ सालमा स्थापना भएको सो बिद्यालयमा अहिले प्लस २ सम्मको अध्ययन अध्यापन भईरहेको छ । बिद्यालयको पुरानो भवन एकदमै जिर्ण अवस्थामा पुगेकोले दाताहरुबाट सो रकम सँकलन गरी १ करोड २० लाखको लागतमा २ तल्ले बिद्यालयको भवन निर्माण गरेका छन ।
 

 

कार्यक्रममा भवन निर्माणमा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको थियो भने अभिभावक , बिद्यार्थी तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।