दुधमती नदिमा दनुवार समुदायद्धारा बोकाबली
खासगरी दनुवार समुदाय द्धारा दुधमती माईलाई गर्दै आएको भाकल

महेन्दरनगर,
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर दुधमती नदिमा दनुवार समुदायद्धारा बोकाबली दिएको छ ।
बर्षौ वर्षदेखि दनुवारसमुदाय द्धारा आफनो परम्मपरालाई क्याम गर्दै घरपरिवारमा जन्मेको बालबालिकालाई मुढन स्वरुप दुधमती माईको भाकल गरेको बोका, परेवा चढाउनको साथै गाईको दुध र पिठो मोसेर बनाएको लढुभित्र हाँसको अन्डा हालेर चढाउने परम्परा रहेको राम औतार सिंह दनुवारले बताएका छन ।
राम औतरका अनुसार नेपालभरीकै दनुवार समुदायले आफनो बालबालिकाको मुडन अरको कुनै दहमा गरेपनि अन्तिममा मुडन गरेको कपाल दुधमती माईलाई चढाउनको लागी ल्याउने गरेको बताएका छन ।
परम्परादेखि खासगरी दनुवार समुदाय द्धारा दुधमती माईलाई गर्दै आएको भाकल अहिले आएर अरु समुदाय द्धारा पनि गर्ने गरेको र अहिले श्री दुधमती जिर्नद्धार समिति ले प्रति बोका २ सय र परेवा को ५० रुपैयाको दरले बिल काटने गरेको र त्यसबाट उठाईको पैसाले मन्दिरको सरसफाई लगायतको काममा खर्च गर्ने गर्छ ।