२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

धनुषा संरक्षित वनमा आगि करिब १५ हेक्टरको रुख विरुवा नष्ट

image

अयुब हुसेन धनुषाधाम। मँगलबार बिहान करिब १२ बजे वनमा लागेको आगो झण्डै ३ घण्टापछि दिउँसो ३ बजे नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। धनुषाधाम संरक्षित वनमा आगो लागेपछि करिब १५ हेक्टरको स साना रुख विरुवा जलेर नष्ट भएको छ । 

 

 

धनुषाधाम नगरपालिका बारुण यन्त्र नेपाल प्रहरी शस्त्र प्रहरी स्थानिय बासिन्दा को अगुवाईमा आगो नियन्त्रण गरिएको र्इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज हिरन कुमार यादवले बताए ।

 

 

वनमा कसरी आगो लाग्यो खुल्न सकेको छैन । आगो निभाउन मध्य पुर्बी बिर्तना महेन्द्रनगर आर्मी ब्यारेक टोलि समेत समयमै पुगेर नियन्त्रणमा लिएको जनाइएको छ ।