२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

जनकपुरमा सिके राउतको दादागीरी, पत्रकारसँग दुव्यवहार

आजाद मधेशको नारा
image

जनकपुुरधाम। स्वतन्त्र मधेश गठवन्धनका संयोजक डा.सिके राउतले जनकपुरधाममा दादागीरी देखाएका छन् । शुक्रवार प्रधानमन्त्री केपी ओलीसंग सहमती गरेर मुलधारमा आएका सिके राउतले जनकपुरधाममा आएपछि पत्रकारहरुले अभिव्यक्ती माग्न खोज्दा संचारकर्मीहरुलाई धक्कामुक्की गर्दै दुव्यवहार गरेका हुन् ।

 

 

दिउँसो १२ वजे नै आउने भनेर प्रचार गरिएपनि राउत करिव सवा चारवजे  विमानस्थलमा अवतरण गरेका थिए । चारघण्टा सम्म कुरेर बसेका पत्रकारहरुलाइ कुनै पनि अभिव्यक्ति नदिने भन्दै राउतकै कथित सेक्युरिटीहरुले संचारकर्मीहरुलाई भिआईपी रुमबाट धक्कामुक्की गर्दै निकालेका थिए । सरकारसंग भएको सहमतीमा जनमत संग्रह गरिने भन्ने झुठो हल्ला फिजाएर जनतालाई भ्रमीत किन वनाएको भन्ने प्रश्न सोध्ने तरखरमा रहेका संचारकर्मीहरुको मनोभावना वुझेर नै अभिव्यक्ती दिनबाट अस्विकार गरेको हो ।

 

 

यति मात्र होइन सरकारसंग भएको सहमतीमा देश विखण्डन हुने किसीमको कुनैपनि नारा तथा पहिले प्रयोग गर्दै आएका झण्डा प्रयोग नगर्न सहमती गरिएपनि सो निर्णयको पालना गरिएको देखिएन । सिरहा र सप्तरीबाट मगाएका कार्यकर्ताहरुले मुलुक विरुद्ध कडा नारा लगाएका थिए भने स्वतन्त्र मधेशको झण्डा फहराउँदै शक्ति प्रर्दशन समेत गरेका थिए ।

 

 

सरकारसँग सम्झौता भएको दुई दिन नबित्दै गठबन्धनका कार्यकताहरु जनकपुरधाम विमानस्थललाई अघोषित रुपमा कब्जामा लिई आजाद मधेशको नारा लगाएका थिए । राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरु विमानस्थललाई चारै तर्फबाट घेरा हालेका थिए । निजि सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्के लगत्तै सयौ कार्यकर्ताहरुसंगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका छन् ।