२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

संघीय प्रेश फोरम धनुषा सबैलाको सदस्यमा अयुब हुसेन चयन

संचार जगत समाजको ऐना रहेको उल्लेख गर्नु हुँदै कानुन मन्त्री यादवले संचार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो
image

जनकपुरधाम। संघीय प्रेश फोरम धनुषाको प्रथम जिल्ला अधिवेशनले सोमबार अर्जुन मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेमा अयुब हुसेन पनि चयन भएका छन ।

 

 

संचार जगत समाजको ऐना रहेको उल्लेख गर्नु हुँदै कानुन मन्त्री  यादवले संचार जगतलाई व्यवस्थित र भयमुक्त बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । यसका साथै संचारकर्मीलाई समेत आफनो दायित्वलाई इमान्दारी पूर्वक निर्वाह गर्न आग्रह गर्नु भयो । 

उद्घाटनसत्रमा प्रदेश सभा सदस्य रामअशिष यादवले संचारकर्मीलाई कसैको लठैत नभई स्वतन्त्र र निष्पक्ष हुनु पर्नेमा जोड दिनु भयो । 

 

उद्घाटन सत्रमा पूर्व सभासद एवं फोरम नेपालका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज उर्मिला साह, बरिष्ठ पत्रकार रामभरोस कापडि भ्रमर, संघीय प्रेश फोरमका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज अतिश कुमार मिश्र, प्रदेश समितिका उपाध्यक्ष सुरेश कुमार यादव, प्रेश चौतारीका संयोजक अवधेश कामत, प्रेश युनियनका जिल्ला अध्यक्ष राजन सिंह, फोरम नेपाल धनुषाका उपाध्यक्ष दिनेश यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।