२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

प्रदेश सरकारद्वारा २ दिने होलि बिदा

मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने परम्परा छ
image

अयुब हुसेन जनकपुरधाम,६ फागुन। प्रदेश न. २ सरकारद्वारा दुई दिने होलि बिदा दिएको छ।

 

चैत ७ र ८ अर्थात भोली बिहीबार र पर्सी शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । हिमाली र पहाडी जिल्लामा भने आज होली पर्व हर्सोल्लासपूर्वक मनाईदै छ । मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने परम्परा छ ।

 

मध्यमा परिक्रमा बुधबार जनकपुर आइपुगेर भोली बिहीबार विहान जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन हुन्छ । त्यस कारण मिथिलाञ्चलमा शुक्रबार होली पर्व मनाइने जनकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।

होली पर्वको अवसरमा प्रदेश २ सरकारले शुभकामना समेत व्यक्त गरेको छ ।