२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

पुर्खाहरुकले जोगएको परम्परा संकटमा

image

जनकपुरधाम । फल्गुण पुर्णिामा अर्थात फल्गुण शुक्ल पक्ष्यका दिन मनाइने पर्व होलि आज जनकपुर र जनकपुर आसपास बाहेक तराईको प्रतेक जिल्लामा हर्शोलासका साथ मनाइएको छ ।

 

प्रदेश न.२ सरकार होलीको लागी २ दिन अथार्त ७ र ८ गते विदा दिएका छन । नेपालको पहाडी जिल्लाहरुमा बुधबार होलि मनाइएका छन भने तराई जनकपुर र आसपास बाहेक प्रतेक जिल्लामा आज होली मनाएका छन । प्रतेक बर्ष होलीपर्व २ भएपनि यसपाली तिन दिन हुने भएको ले अन्य बर्ष को तुलना मा उदान्शिता आएका छन । संगै मिथिलाको संस्कृति अन्तर्गत होलीमा गाउने जोगिरा लोप हुँदै गइरहेका छन । महोत्तरी गौशाला ८ सरस्वती टोल निबासी राज कुमार महतो का अनुसार पहिला जस्तो केही रहेन, पहिलाका बुढा पाखाहरु जोगिरा गएर किर्तन गरेर गाउँमा घुमी घुमी रमाउदै र जोगिरा गाउँदै होलि मनाउँथे तर पहिल जस्ता मानिसमा एक्ता भाइचारा  रहेन अहिले केटाहरु आफ्नो संस्कृति प्रती चसो नदिइ डिजेमा अस्लिल गित बजाइ रक्सि खाएर नाच गर्छ र आपस मा झग्डा गर्छ । र किर्तन मन्डलीहरु आफ्नो घरबाट खाएर पनि गाउँमा जन्छ भने मनिसहरु कुबोल बोल्छ तेहिभएर हामि मन्डलीहरु अब गाउमा जादिन यस्पाली मन्दिर मै बसेर होलि मनाउछु गाउमा पहिला जस्ता मनिसहरु बस्दैन्न । केही बिदेश गयौं केही बहिर बस्छ त केही छ भने उसलाई यसप्रति  चासो हेराउदैन्न ।

 

 

हामी त अहिलेसम्म सम्म सम्हालेका छौ र गाई रहेका छौ तर नया पिढिहरुले चासो हेराइ रहेका छैन्न तेहिभएर अब पुर्खाहरुकले जोगएको परम्परा आब संकटमा लाग्छ ।