२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

हवाईजहाज र हेलिकप्टर ठोक्किएर दुर्घटना,चार जनाको मृत्यु

सो विमानस्थलबाट उड्न लागेको समिट एयरको हवाईजहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिन पुग्दा सो दुर्घटना भएको हो ।
image

लुक्ला । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाईजहाज र हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ । सो विमानस्थलबाट उड्न लागेको समिट एयरको हवाईजहाज चिप्लिएर मनाङ एयरको हेलिकप्टरलाई ठक्कर दिन पुग्दा सो दुर्घटना भएको हो ।

 

 

सो दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परी ३ जना घाइते विवरण आएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइदै छ ।