२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

सर्प टोकेको बिरामीलाई लग्ने क्रममा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु, ६ घाइते

image

आयुब हुसेन/सर्लाही, पूर्वपश्चिम राजमार्गअन्तर्गत आज बिहान ३ः४० बजे सर्लाहीको लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा ३ ख २०५४ नम्बरको बस र ना ५ ख ७७९५ नम्बरको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको छ भने ६ घाइते प्रहरीले जनाएको छ ।

 

घाइते हुनेमा ट्रक चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ का रञ्जित ठोकर, त्यहीका प्रताप ठोकर, रोहित लामा, सर्लाही ईश्वरपुर नपा–१२ घारीबथानका ध्रुवप्रसाद घिमिरे, गोपाल घिमिरे र सुजन घिमिरे छन् । घाइतेको लालबन्दीका विभिन्न स्पातालमा उपचार भइरहेको छ ।

 

सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा राखेर लालबन्दीतर्फ जाँदै गरेको अवस्थामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रक एकापसमा ठोक्किँदा बसमा सवार तीन र ट्रकका चालकसहित तीन गरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनापछि अबरुद्ध भएको राजमार्गलाई प्रहरीले खुलाएको छ ।