२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

पूर्व पश्चिम राजमार्ग ठप्प: स्थानीयवासीहरु आन्दोलनमा

image

आयुब हुसेन,जनकपुरधाम ।धनुषाको पूर्व पश्चिम राजमार्ग गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार स्थित ग्राभेलको लागि खनेको खाल्टोमा डुबेर स्थानीय दुई बालकको मृत्यू भएपछि स्थानीयहरु आन्दोलनमा उत्रेको छ।

 

घर देखि केही पर रहेको ग्राभेल उत्खनन गरेको खाल्टोमा अन्दाजी वर्ष १३ का आदित्य लायो र उनकै कान्छो भाई आकाश लायोको डुबेर मृत्यू भएपछि उनीहरु आन्दोलित भएका हुन् ।उनीहरुले मृतक परिवारलाई नगरपालिकाबाट क्षतिपूर्ती दिनुपर्ने, वार्ता समिति गठन गर्नुपर्ने, दोषीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखी पूर्व पश्चिम राजमार्ग ठप्प पारेका छन् ।

 

 

 

स्थानीयवासीहरु अहिले नगर प्रमुख रामबाबू यादव मूर्दावाद !को नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । आक्रोसित स्थानीयवासीहले नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएपछि प्रहरीले उनीहरुलाई रोकेका छन् प्रदर्शनकारीहरुले मेयर नआएसम्म र जवाफ नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

 

यता, नगर प्रमुख नआएपछि नगर उपप्रमुख (उपमेयर) मीना कुमारी यादवले वार्ताको माध्यमबाट निकास दिनुपर्ने बताएकी छन् । प्रदर्शनकारीहरुलाई बाटो जाम नगरी वार्ताको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै वार्तामा आउन आव्हान गरेकी छन् । उनले भनिन, बाटो जाम गरेर तपाईहरु नै तपाईहरुको आफन्त नै सास्ती पाउँछन् नी ? बाटो जामले गर्दा बेकसुर सर्वसाधारणलाई सास्ती हुन्छ, तसर्थ तपाईहरु वार्ताको माध्यमबाट निकास खोज्नुपर्छ ।