२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषामा सुरेश यादव समूहको जित

image

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगर धनुषामा सुरेश यादव समूहको जित भएको छ ।
काँग्रेस पक्षधर अध्यक्षका उम्मेदवार सुरेश यादव २२१ उनको निकटतम प्रतिद्वन्द्वी नेकपा पक्षधर राजकुमार महासेठ १४०, उपाध्यक्षमा बिनय कुमार साह १८९ उनको निकटतम प्रतिद्वन्द्वी उपाध्यक्षमा ललित साह १७२, महासचिवमा दिपक साह १९७ उनको निकटतम प्रतिद्वन्द्वी सुनिल साह १५८, सचिवमा अजय कुमार महतो १८५ उनको निकटतम प्रतिद्वन्द्वी जंगीलाल महतो १७१ र कोषाध्यक्षमा विरेन्द्र प्रसाद साह सुडी २०४ उनको निकटतम प्रतिद्वन्द्वी बिजय कुमार साह १४७ मत प्राप्त गर्न सफल भएका थिए ।
त्यसैगरी सदस्यहरुमा महासेठ समूहबाट तीन जना राज नारायण प्रसाद साह (राजु गुप्ता)१८६, संजय कुमार साह १८४ र बसन्त कुमार ठाकुर १८८ ल्याई विजयी हासिल गरेका छन् भने यादव समूहबाट शशी जयसवाल १९३, राम चन्द्र महतो १८५, र महिला सदस्य कुमारी देवी साह १८७ मत प्राप्त गरि विजयी हासिल गर्न सफल भएको छ ।
आज सम्पन्न मतदानमा ९७ प्रतिशत मत खसेको थियो । जम्मा ३ सय ७७ सदस्य रहेको यस संघको आजको मतदानमा ३ सय ६८ मतदान भएको निर्वाचन अधिकृत कमल पण्डितले जनाएको छ।