२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

क्षीरेश्वरनाथ नगरपालिका अन्तर वडा फूटबल प्रतियोगिता सुरु

प्रतियोगितामा जम्मा ८ ओटा टिमाको सहभागिता
image

महेन्द्रनगर, क्षीरेश्वरनाथ नगरपालिका अन्तर वडा फूटबल प्रतियोगिता सुरु भएको छ । धनुषा जिल्लाको महेन्द्रनगर क्षिरेश्वर जन्ता उच्च मा.वि.को खेलमैदानमा शनिवार देखि सुरु भएको प्रतियोगितामा जम्मा ८ ओटा टिमाको सहभागिता रहेको छ ।

 

 

क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख अतिथिय र क्षीरेश्वर स्पोर्ट कल्वका अध्यक्ष केवल मुखियाको अध्यक्षतामा भएको पहिलो दिनको उदघाटन खेल वाडा नम्बर तीन ले १–३ ले जिते हाथपारेको छ ।  क्षिरेश्वरनाथ नगरपालिकाको सहयोग र क्षिरेश्वर स्पोर्टको आयोजनामा सुरु भएको नगरपालिका अन्तर वडा फूटबल प्रतियोगिता खासगरी स्थानिय स्तरमा खेलाडी उत्पादन गरी उतकृष्ट खेलाडीलाई भोलिको दिनमा एउटा दक्ष टिम बनाउन रहेको कल्वका अध्यक्ष मुखियाले बताएका छन ।

 

 

त्यस्तै उदघाटन कार्यक्रमामा अतिथीहरु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमल चौधरी, नेकपाका नेता हरि प्रसाद पौडेल, जिल्ला फूटवल समितिका उपाध्यक्ष कल्यान खडका, वडाअध्यक्ष अमर किशोर सिंह, जगदिस यादव, क्षिरेश्वरउद्योग बाणिज्य संघका महासचिव दिपक साह, समाजसेवी मितलाल गिरी, व्यापारी ईश्वरी प्रसाद अधिकारी, सुनचाँन्दी संघका अध्यक्ष बसन्त ठाकुर लगायतका उपस्थिती रहेको थियो । त्यस्तै खेलको दोस्रो दिन आइतबार दिनको २ बजे देखि वडानम्बर ७ र ८ को विच हुने खेलको टाईसिटमा उल्लेख गरिएको छ ।